ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १६ अर्ब ९५ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ जेठ, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । मंगलवार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ ।  परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५३ दशमलव ४४ अंक अर्थात् १ दशमलव ८४ प्रतिशतले वृद्धि भएर २ हजार ९६० दशमलव १४ विन्दुमा पुगेको छ । 

नेप्सेले यसभन्दा अगाडिको २ हजार ९०६ विन्दुको रेकर्डलाई ब्रेक गरेको हो । मंगलवार २१८ ओटा कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता शेयरको १ लाख ४९ हजार ७०८ पटकको कारोबारमा रू. १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये ३६ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ । ३६ ओटा कम्पनीमध्ये ७ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । 

गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । 

कारोबारमा आएका १३ ओटा समूहका परिसूचकमध्ये सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ९ दशमलव शून्य ४ प्रतिशत र वित्त समूहको ८ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, बैंकिङ समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ४७ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव २१ प्रतिशत, अन्य समूहको परिसूचक २ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव ६५ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ  । 

त्यस्तै, होटल एण्ड टुरिजमको परिसूचक शून्य दशमलव ४६ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव ४५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ८८ प्रतिशतले घटेको छ । 

मंगलवार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रू. १ अर्ब ६ करोड ६४ लाख ६४ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ४ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. १ हजार ९७७ पुगेको छ । 

त्यसैगरी, मेरो माइक्रोफाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ८५ प्रतिशतले कमी आएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७३८ मा झरेको हो । 

पछिल्लो सयम लगानीकर्ताहरुले सेक्टरवाइज लगानी गरेको देखिन्छ । हाइड्रोपावर समूहबाट विकास बैंक र वित्त समूहमा लगानीकर्ता सिफ्ट भएको पाइन्छ । अल्पकालिन लगानीकर्ताहरुले एक समूहबाट प्रोफिट बुक गर्दै सेक्टर परिवर्तन गरेको देखिन्छ । 

नेप्से बढ्नुमा सेक्टरवाइज वृद्धिको सपोर्ट मिलेको जानकार बताउँछन् । बजार अहिले बुलि ट्रेण्डमा रहेको छ । लगानीकर्ताले आफूले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्