ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमणबाट १०८ जनाको मृत्यु, ५१५३ जना संक्रमित थपिए

२०७८ जेठ, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ८७० जना र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । यसैगरी मंगलवार ६ हजार ५७० जना निको भएसँगै हालसम्म ५ लाख ४ हजार ५३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्