ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभा सम्पन्न

 नेशनल माइक्रोफाइनान्स लघुवित्तमा समाहित हुने प्रस्ताव पारित

२०७८ जेठ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५,  काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार  सम्पन्न भएको छ ।

 सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता शेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।  


सभामा कम्पनीका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्तापूँजी रहेको उक्त कम्पनीले नेशनल माइक्रोफाइनान्स लघुवित्तमा समाहित हुने प्रस्ताव पनि पारित गरेको छ । 

प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसावले ठूलो तथा बलियो लघुवित्त वित्तीय संस्था बन्ने कम्पनीले बताएको छ ।

कम्पनीकोे चुक्तापूँजी करीब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुलकर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ । त्यस्तै  सो अवसरमा कम्पनीले १०० ओटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीहरु मार्फत करीब १ लाख४० हजार ग्राहकहरुलाई सेवा प्रदान जानकारी दिइएको थियो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्