ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रतिष्ठित निर्माण व्यवसायी शर्माको निधनबाट मर्माहत : निर्माण व्यवसायी महासंघ

२०७८ जेठ, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको निधन भएकोमा मर्माहत भएको बताएको छ ।

महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८५ वर्षीय शर्माको  मंगलवार मस्तिष्काघातबाट निधन भएको उल्लेख गर्दै महासंघले शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको शर्मा एण्ड कम्पनीका संस्थापक रहेको उल्लेख गरेको छ ।  

उनले महासंघमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । नेपालको निर्माण उद्योगको व्यवसायिक विकासमा अतुलनीय योगदान दिएका शर्मा हाल महासंघको मानार्थ सदस्यसमेत रहेका थिए ।


शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए । स्वर्गिय शर्माका छोरा रमेश शर्मा महासंघको स्थापनाकालदेखि एसोशिएट सदस्यको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक, महासंघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार छन् ।

मंगलवार नै आर्यघाटमा शर्माको पार्थिव शरिरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

यो पनि हेर्नुस् :

प्रतिष्ठित निर्माण व्यवसायी राधाकृष्ण शर्माको निधन

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्