ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आगामी वर्ष एप्पलको बजार पूँजीकरण ३० खर्ब डलर पुग्ने अपेक्षा 

२०७८ जेठ, २५  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २५, सन फ्रान्सिस्को (अमेरिका) । आइफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण सन् २०२२ मा ३० खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । 

वेडबुशका डेटा विश्लेषक ड्यान इभ्सले यस्तो बताएका हुन् । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य करीब ५ प्रतिशतले घटेको छ । अहिले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको बजार पूँजीकरण २१ खर्ब डलर आसपास रहेको छ । सन् २०१८ मा पहिलो पटक एप्पलको पूँजीकरण्ण १० खर्ब डलर नाघेको थियो । सन् २०२० मा पूँजीकरणले २० खर्ब डलरको स्तर पार गर्‍यो ।

इभ्ससमेतका केही विश्लेषकहरुले यस अघि नै पूँजीकरण ३० खर्ब डलरको स्तरमा पुग्नेबारे कुरा गरेका थिए । अबको १२ देखि १८ महीनामा यो कीर्तिमानमा कम्पनीको पूँजीकरण उक्लिने इभ्सले सीएनबीसीको एक कार्यक्रममा मंगलवार बताएका थिए ।

यद्यपि, लोकप्रिय भिडियो गेम फोर्टनाइट निर्माता एपिक गेम्ससँगको अदालती लडाईलगायत सम्भावित केही जोखिमले भने कम्पनीको बजार पूँजीकरणलाई सो स्तरमा पुग्न रोक्न सक्ने इभ्सको भनाइ छ ।

इभ्सले अप्रिलको अन्त्यमा एप्पलको मूल्य लक्ष्य प्रतिकित्ता १७५ डलरबाट बढाएर १८५ डलरमा पु¥याएका थिए । सोमवार नियमति कारोबार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १२५ डलर ९ सेन्ट कायम भएको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्