ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पयर्टन अर्थतन्त्रलाई ब्यूँताउन खोप ट्राभल प्याकेज ल्याउँदै रुस

२०७८ जेठ, २५  
अन्तरराष्ट्रिय
Image Not Found
मस्कोको रेड स्वाएर अगाडि डुल्दै गरेका पर्यटकको नोभेम्वर ६,२०२० मा खिचिएको तस्वीर

जेठ २५, मस्को (रुस) । रुसले स्थानीय बासिन्दाहरुलाई घरेलु स्तरमा निर्माण गरिएको कोभिड–१९ विरोधी खोप लगाउने काम धमाधम गरिरहेको छ ।

त्यहाँको सरकारले पयर्टकहरुका लागि पनि कोभिड विरोधी खोप यात्रा प्याकेज शुरु गर्नेबारे विचार गरिरहेको छ । रुसको सरकारी समाचार संस्था तासले एक समाचारमा त्यहाँका पयर्टन उद्योगको एक प्रमुखको भनाइ उद्धृत गर्दै खोप टूर तयार भएको बताएको हो ।

तर विदेशीहरुको लागि भिसा र प्रवेशसम्बन्धी प्रावधानका कारण प्याकेज लञ्च गर्न उनीहरु बाँधिएका छन् । प्रडक्ट तयार भइसकेको भएपनि खोप लगाउनका लागि आउन चाहने विदेशीहरुका लागि भिसा जारीसम्बन्धी टेवा र कानूनी प्रवेशसम्बन्धी प्रावधान निरक्योल गर्न बाँकी रहेको रुसी यात्रा उद्योगका संगठन (आरयूटीआई) का अध्यक्ष आन्देई इग्नात्येभले भने । 

विदेशीहरुका लागि तीन दिनको खोप टूरको शूल्क हवाई भाडाबाहेक १ हजार ५०० डलरदेखि २ हजार ५०० डलरबीच पर्ने उनले बताए । यो योजना महामारीको चपेटामा परेको घरेलु पयर्टन उद्योगलाई ब्यूताउन बरदान साबित हुने अपेक्षा गरिएको छ । 

अहिले खोप कार्यक्रम किक स्टार्ट गर्न संघर्षरत देशका मानिसहरुमाझ खोप पयर्टन लोकप्रिय साबित हुन सक्ने देखिएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्