ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

के एल दुगड समुहद्वारा मजदूरलाई खाद्यान्न वितरण

२०७८ जेठ, २५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, विराटनगर । के एल दुगड समूहद्वारा विराटनगर स्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई दाल, चामल, तेल, नुन लगायतका खाद्य सामग्री वितरण गरेको छ ।

सोमवार मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा १०० जना मजदूरहरुलाई उक्त खाद्य सामग्री वितरण गरेको जानकारी दिइएको छ ।

के एल दुगड समूहले कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरिरहेको छ । त्यस्तै, समूहले नेपालगञ्ज स्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो लगायतका समग्री सहयोग गरीरहेको छ । 

कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको समूहले जानकारी दिएको छ र अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्