ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

किसानले दूधको भुक्तानी पाएनन्

२०७८ जेठ, २६  
गण्डकी प्रदेश
NA

बागलुङ । दूधको भुक्तानी रोकिएपछि बागलुङको बलेवा र कुश्मीशेरा क्षेत्रका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको अमलाचौर, नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेराका किसानले उत्पादन गर्ने दूधको भुक्तानी रोकिएको हो ।

कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरंगी गाउँका किसानले लामो समयदेखि दूध बिक्रीबापतको भुक्तानी नपाएका हुन् ।

कुश्मीशेराको टार र बागलुङ नगरपालिका–१४ को नारायणस्थानका किसानको समस्या पनि उस्तै छ । मुख्य आयस्रोत दूधको भुक्तानी नै रोकिएपछि किसान मर्कामा छन् । दूध उतपादनकै लागि पालिएका गाईभैंसीलाई खुवाउने दाना चापट र घर खर्च चलाउनसमेत कठिन भएको किसान प्रेम पौडेल बताउँछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्