ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ एपबाट रेमिट सेवा

२०७८ जेठ, २६  
बजार
NA

काठमाडौं (अस) । समृद्धि फाइनान्सले ग्राहक सुविधालाई लक्षित गरी समृद्धि मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ ।

यसका लागि कम्पनीले सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरेको छ । यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले नेपालभरि पैसा पठाउन र विदेश वा नेपालभित्रबाट पठाएको पैसा घरमै बसी पाउन सक्नेछन् ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘सेन्ड मनी’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

साथै, मोबाइल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘रिसिभ मनी’ प्रयोग गरी देश–विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बंैक खातामा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्