ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

होन्डा सीबी३५० डीएलएक्स नेपाली बजारमा

२०७८ जेठ, २६  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा सीबी३५० डीएलएक्स बजारमा भित्रिएको छ ।

स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको भिडियोमार्फत उक्त मोटरसाइकल सोमबार  बजारमा सार्वजनिक गरिएको थियो । होन्डा सीबी३५० डीएलएक्सले नेपाली बाइकरमाझ छुट्टै स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ ।

यो बाइकमा ३५० सिसीको इन्जिन रहेको छ । मोर्डन फिचरले भरिपूर्ण बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध छ ।

बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र दूरी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, आरामदायी सिटलगायत विशेषता रहेका छन् ।

नेपाली बजारमा होन्डा सीबी३५० डीएलएक्स को मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्