ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेगा बैंकले सुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

२०७८ जेठ, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई सञ्चालन गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टरनल ऋण वर्कफलो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरे ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै बैंकहरू पूर्ण रूपमा कागजनिर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पुर्‍याउनेछ ।

प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने बैंकले बताएको छ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गतको रेटिङको दृष्टिकोणमा निर्माण गरिएकाले ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटरको मानकीकरणको रूपमा पनि रहेको बैंकले जनाएको छ ।

नयाँ प्रणाली कार्यान्वयन भएपछि बैंक र  उपभोक्ताले प्रशोधन एवं स्वीकृति प्रक्रियाको समय ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । यो प्रणालीले ग्राहकलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टलमार्फत कुनै पनि ऋण प्रडक्टका लागि आवेदन दिन सहयोग पुर्‍याउँछ ।

एसबी सल्युसन प्रालिले हालै डिजी हबसँग पनि आफ्नो संस्था गाभेको छ । डिजी हब गैरआवासीय नेपालीद्वारा निर्माण गरिएको संस्था हो ।

यसले एपीआईएमएस, वान लिंक, क्रेडिट एक्सजस्ता प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टम विकास गरिरहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्