ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनसेलद्वारा अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन

२०७८ जेठ, २६  
बजार
Image Not Found

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्क नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवाप्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार नै रहेको एनसेलले बताएको छ ।

गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्तानसमेत १९ देशका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति दिएको थियो ।

एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरू सेवाप्रदायकले प्राधिकरणको स्वीकृतिबमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार १८ वटा देशहरुको शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ निर्धारण गरिएको छ । मालदिभ्सको प्रतिमिनेट कल शुल्क रु. ३०.६५ निर्धारण भएको छ । यसअघि यी देशमा कल गर्दा गन्तव्य देशअनुसार प्रतिमिनेट ४.९९ देखि १५ रुपैयाँसम्म लाग्ने गरेको थियो ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै  कम भएको र सम्बन्धित देशका साझेदारले सन् २०१६ देखि आफ्नो शुल्क बढाएकाले ५ वर्ष देखि अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी बेहोर्दै आएको एनसेलले बताएको छ ।  यसअघि एनसेलले यी देशका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्कअन्य सेवाप्रदायकको स्वीकृत कलशुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।

सन् २०१६ देखि अप्रिल २०२१ सम्म एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा नोक्सानी बेहारेको छ । विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा २७.५ करोडभन्दा बढी नोक्सान बेहोरेको बताएको छ ।

केही युरोपियन गन्तव्यमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा बढी रहेकाले हाल तोकिएका देशका लागि गरिएको शुल्क परिमार्जनपछि पनि एनसेल अझ पनि
घाटामै रहनेछ ।

प्राधिकरणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट ३० रुपैयाँ रहे पनि कल गरिने गन्तव्य देशअनुसार कुनै–कुनै युरोपियन गन्तव्यको कल शुल्क करबाहेक रु.१,१७०.३० सम्म रहेको एनसेलले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्