ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साढे ३ करोड लागतमा चार खानेपानी योजना सम्पन्न

२०७८ जेठ, २६  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar मोहन चन्द

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे ३ करोड रुपैयाँभन्दा बढी लागतमा विभिन्न खानेपानी योजना सम्पन्न भएका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाका चार, पाँच र ६ नम्बर वडामा कुल ३ करोड ५५ लाख ५५ हजार ५८४ रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएका हुन् । प्रदेश र संघबाट सञ्चालन भएका खानेपानी योजना सम्पन्न हुने तयारीमा छन् ।

गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजना सम्पन्न गरिएको परियोजनाले बताएको छ । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सीधै मूलबाट ल्याइएका छन् । उक्त योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवारबाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाइ धारा, सिँचाइ पोखरी निर्माण गरिएको छ ।

परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने, ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका हुन् ।’

स्थानीयवासीलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजना प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत खानेपानी योजना सञ्चालन भइरहेको छ,’ उनले भने, ‘धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् ।’ गाउँपालिकाभित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको उनले बताए ।

गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहुँचबाट टाढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको बताइएको छ । गाउँमा पुराना मूल सुकेकाले पनि खानेपानीको समस्या भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्