ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योगलाई फुटबलको पेनाल्टी

२०७८ जेठ, २६  
१० वर्ष अघि
NA

बंगलादेश सरकारले राजधानी ढाका र त्यस वरपरका उद्योगहरूलाई साँझको समयमा बन्द गर्न आदेश दिएको छ । सरकारले हरेक दिन साँझ पाँच घण्टा उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो । यसबाट झन्डै ५ हजार उद्योगहरू प्रत्यक्ष प्रभावित हुनेछन् । यो आदेश दक्षिण अफ्रिकामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिता अन्त्य नहुँदासम्म लागू हनुेछ ।

‘यो हाम्रो बाध्यता हो । बंगलादेशी जनताहरूका लागि टेलिभिजनमा फुटबल हेर्न चाहिने बिजुली बचाउन सकियोस् भनेर हामीले यो अप्रिय निर्णय लिएका हौं, ’ ढाका विद्युत् आपूर्ति कम्पनीका प्रबन्ध निर्देशक सालेह अहमदले भने । गत शनविार फुटबलप्रेमीहरूले लोडसेडिङका कारण प्रतिस्पर्धा हेर्न नपाएपछि केही विद्युत् वितरण केन्द्रहरूमा आक्रमण गरेका थिए । प्रदर्शनकारीले २० भन्दा बढी यातायातका साधनमा क्षति पु¥याएका थिए । झडपमा ५० व्यक्ति घाइते भए । स्थिति नियन्त्रणमा लिन ढाकामा सयौं प्रहरी परचालन गरियो । बंगलादेश फिफा वरीयताक्रममा १५७ औं स्थानमा छ । बंगलादेशका युवादेखि वृद्धसम्म फुटबल खेलप्रति निकै रुचि राख्छन् । बंगालदेशको कुल १५ करोड जनसंख्याको ३० प्रतिशतलाई मात्र विद्युत्को सुविधा उपलब्ध छ ।

वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्