ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१० वर्षे अवधिको प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन 

२०७८ जेठ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । जेठ ११ गतेदेखि विक्री खुला भएको प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरकोे कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । 

कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गरेको हो । 

‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्रको विक्री बन्द हुने छिटो अवधि जेठ १६ गतेसम्म रहेपनि उक्त अवधिमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधिमा विक्री बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 

प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्