ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

२०७८ जेठ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (बुधवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले असार २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. ७५१ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र असार ३० गते बिहान १० बजे हिमालयन क्यापिटल लिमिटेड, कर्मचारी सञ्चय कोष भवन, ठमेल, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्