ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कारोबारको पहिलो दिन सीईडीबी हाइड्रोपावरको शेयरमा खरीद चाप सर्वाधिक 

२०७८ जेठ, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । धितोपत्र दोस्रो बजारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बुधवारदेखि शेयर कारोबार शुरु भएको छ ।

मंगलवार कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको कम्पनीको सीएचडीसी स्टक संकेतबाट शेयर कारोबार शुरु भएको हो । कम्पनीले रू. ८३ करोड ९४ लाख १० हजार चुक्तापूँजी बराबरको उक्त शेयर सूचीकृत गराएको हो । 

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १३८ दशमलव ७९ देखि रू. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको अधिकतम मूल्यमै प्रि - ओपनिङ सेसनमा कारोबार भएसँगै सोहि मूल्यमा नियमित सेसनको कारोबार शुरु भएको हो । 

पहिलो कारोबार दिन कम्पनीको शेयर खरीद चाप सबैभन्दा बढी रहेको छ । कारोबारको २२ मिनेटको अवधिसम्ममा कम्पनीको ५ लाख ९० हजार ३५६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्रीकर्ता देखिएका छैनन् ।

यस अवधिसम्म कम्पनीको रू. ३३ हजार ७६० बराबरको ८० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार रू. ४१६, रू.४२४, रू.४३२ र रू.४४० सम्मको मूल्यमा भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्