ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार सुनको मूल्यमा सामान्य वृद्धि 

२०७८ जेठ, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । नेपाली बजारमा बुधवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ३०० ले उकालो लागेको सुनको भाउ बुधवार रू. १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९४ हजार २०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार ३५५ मा कारोबार भएको चाँदी बुधवार रू. ५ ले घटेर रू. १ हजार ३५० मा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्