ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

२०७८ जेठ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । 

बोर्डले एनआईसी एशिया बैंकलाई ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २० गते अनुमति दिएको हो ।

कुल कित्तामध्ये बैंकले रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ भने रू. १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याउनेछ ।

बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्