ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.७०% ले बढेर २९८०.७३ विन्दुमा नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७८ जेठ, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २० दशमलव ५९ अंकले बढेर २ हजार ९८० दशमलव ७३ विन्दुमा पुगेको छ ।   

२ हजार ९९५ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७० प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको ५३ हजार ९०२ पटकको कारोबारमा १ करोड १ लाख ५८ हजार ६०१ कित्ता शेयरको रू. ५ अर्ब ८७ करोड २७ लाख ७७ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा रिडी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर र बरुण हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक, जलविद्युत्, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २६ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४६६ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्