ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा 

२०७८ जेठ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आउने भएको छ।

कम्पनीले ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर सख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

 सबैभन्दा पहिला विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिई बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिने छ । यसबाट पनि शेयर विक्री हुन बाँकी रहेमा अन्य व्यक्ति,कम्पनी,संघ,संस्थाहरु बीच बढी कबोल गर्नेलाई विक्री गर्ने कम्पनीले बताएको छ । 

 बोलपत्र असार ११ गते विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा बिहान ११ः३० बजे खोलिने छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्