ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

२०७८ जेठ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६ काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । 

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो । 

कम्पनीले अव ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ ।

शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. २७ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६३ करोड ८९ लाख ९० हजार नाफा कमाएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्