ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

२०७८ जेठ, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार कारोबार खुलेको २ घण्टा कारोबार अवधिमा चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । 

योदिन रिडी हाइड्रो डेभलपमेण्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत र बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशतले वृद्धि भएको हो ।

 यो समाचार तयार पार्दाको समय १ :०५ बजेसम्ममा यी चार ओटा  कम्पनीको शेयरमा बजार बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । 

रिडी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू.५७६, अरुण भ्याली हाइड्रोपावरको रू.४७९, सीईडीबी हाइड्रोपावरको रू. ४५७ र बरुण हाइड्रोपावरको शेयरमूल्य रू. ५३७ पुगेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्