ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु, ४३४४ जनामा संक्रमण पुष्टि

२०७८ जेठ, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा देशभर ८१ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ भने थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १७९ जना पुगेको छ । मन्त्रालयका अनुसार १२ हजार ७४ ओटा पीसीआर परीक्षणमा ३ हजार ४४९ जना र ४ हजार ५६८ ओटा एन्टिजेन परीक्षणमा ८९५  जना गरी ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८० हजार ३३६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने देशभर निको हुनेको दर ८५ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले बताएको छ ।

काठमाडौं उपत्यकामा बुधवार ९१५ जना संक्रमित थपिएका छन्। जसमा भक्तपुरमा ८५ जना , ललितपुरमा १५१ जना र काठमाडौं जिल्लामा ६७९ जना थपिएका छन्। 

मन्त्रालयका अनुसार ४६ ओटा जिल्लामा पाँच / पाँच सयभन्दा बढि संक्रमित छन्। संक्रमितमध्ये २१ देखि ५० वर्षको उमेर समूह उच्च रहेको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्