ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजेट कार्यान्वयनका चुनौतीको नीतिगत निकास खोजौं : निजीक्षेत्र

२०७८ जेठ, २६  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, वीरगञ्ज  । आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट कार्यान्वयनका चुनौतीहरूलाई समाधान गर्नुपर्ने निजी क्षेत्रले बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ ले बुधवार आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट : अपेक्षा र यथार्थ’ विषयक भर्चुअल अन्तरक्रियाका सहभागीहरूले यस्तो बताएका हुन् । 

बजेटका व्यवस्था र तिनको कार्यान्वयनमा अन्योल देखिएको निजीक्षेत्रका अगुवाहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले कृषिबाट  आर्जित आयलाई सरकारले मान्य नगर्दा लगानी बढ्न नसकेको बताए । कृषिको कमाई उद्यमका क्षेत्रमा नआउँदा ठूलो अवसर खेर गइरहेको टेमानीको भनाइ थियो । 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बजेटमा धेरै सकारात्मक कुराहरू आएको भन्दै कार्यान्वयनलाई सहज बनाउनुपर्ने बताए । उद्योग र व्यापारका क्षेत्रका लागि घोषणा गरिएका योजनाहरूको कार्यान्वयन व्यवहारिक बनाउन उनले आग्रह गरे । औद्योगिक क्षेत्र र कोरिडोरको माग सम्बोधन हुन नसकेको उनले बताए ।

स्टार्टअप र शिक्षित बेरोजगारहरूका लागि ल्याइएको कर्जा योजनामा सहुलियत उत्साहजनक भएको नेपाली युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालको भनाइ थियो । यस्ता सहुलियतको प्राप्तिलाई सहज बनाए उद्देश्य पनि सहज हुने धारणा अग्रवालको छ ।

महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले आगामी वर्षको बजेट अध्यादेशबाट आइसकेकाले नीतिगत व्यवस्थाको सफल कार्यान्वयनमा जोड दिइनुपर्ने बताए । बजेटमा ल्याइएका योजना कार्यान्वयन हुन नसक्नु समस्याको रुपमा रहेको भन्दै लाठले यस्ता अवरोधलाई निकास दिनुपर्ने स्पष्ट पारे । 

आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख सुनीलकुमार यादवले बजेटले कर प्रशासनमा सुधारको काम गरेको दाबी गरे । यसका कानूनी व्यवस्थाको कार्यान्वयन र सहजीकरणमा समन्वयको खाँचो औंल्याए ।

कर तथा राजस्वका प्रावधानबारे अहिले पनि अन्योल रहको धारणा चार्टर्ड एकाउन्टेन्ट अरबिन्द खेतानको थियो । 

बजेटको कार्यान्वयनमा सरकारमात्र नभएर यसमा सरोकारका पक्षले पनि आआफ्नो दायित्व पूरा गर्नुपर्ने खेतानको भनाइ थियो । महासंघ प्रदेश २ का उपाध्यक्ष अरुणकुमार प्रधानले बजेटका व्यवस्था कार्यान्वयनका समस्यालाई नीतिगत रुपमै समाधान गरिनुपर्ने बताए । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्