ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

व्यापार महसुल अन्त्य गर्दै ईयू र अमेरिका 

२०७८ जेठ, २६  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २६, ब्रसेल्स (बेल्जियम) । यूरोपेली संघ (ईयू) र अमेरिकाका नेताहरुले स्टिल आयातमा लगाइएको अतिरिक्त महसुल यस वर्षको अन्त्य अगावै हटाउने प्रतिबद्धता गर्ने भएका छन् । 

जुन १५ मा ब्रसेल्समा हुन लागेको शिखर सम्मेलनका लागि तयार पारिएको विज्ञप्तिको मस्यौदाले यस्तो देखाएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।

मस्यौदाअनुसार दुई पक्ष बीच एट्लान्टिक महासागर व्यापारसम्बन्धी थप बहस हुने अवस्था पनि टारिनेछ । यसबारे बुधवार ईयूका राजदूतहरु बीच छलफल हुने बताइएको थियो । 

दुई पक्षका विमान निर्माता कम्पनीहरुलाई दिएको अनुदानका विषयमा लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्ने प्रतिबद्धता गरिएको छ । 

चीनको आर्थिक, राजनीतिक र सैनिक उदय नीतिको सामना गर्नेबारे एक अर्कासँग सहकार्य गर्ने विषयमा पनि दुबै पक्ष बीच सहमति हुनेछ । कोरोना भाइरसको उदयबारे पनि नयाँ अध्ययन गर्न अनुरोध गर्ने विषयमा सहमति गरिनेछ । एजेन्सी


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्