ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खोप खरीदका लागि प्रदेश सरकारलाई अनुमति दिन मन्त्री राईको आग्रह

२०७८ जेठ, २७  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

विराटनगर । प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गरेकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले उक्त माग गरेकी हुन् । संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिनुपर्ने उनको भनाइ छ ।  

कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महŒवपूर्ण रहेकाले चाँडोभन्दा चाडो त्यसको प्रबन्ध गर्न संघीय सरकारलाई उनले आग्रह गरिन् । ‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरीदको अनुमति दिइयोस्,’ उनले भनिन् । विज्ञहरूले कोरोनाको तेस्रो लहर आउने बताइरहेकाले त्यसको रोकाम तथा नियन्त्रणको आवश्यक तयारीमा ढिलाइ भएको उनले बताइन् ।

तेस्रो लहरको पनि पूर्वतयारी आवश्यक रहेको मन्त्री राईले औंल्याइन् । प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागिपरेको उनले बताइन् । सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री राईले प्रदेश १ सरकार प्रदेशका सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको समेत बताइन् । ‘प्रत्येक जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाउनेगरी अघि बढेका छौं,’ उनले भनिन् । सबै स्थानीय सरकारको बजेट केन्द्रीकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा प्रदेश सरकार लागिपरेको उनले बताइन् । एचडीयू, आईसीयू, भेन्टिलेटर, आवश्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुने उनको भनाइ छ ।

यस्तै विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले सुनाइन् । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ, सातओटै प्रदेशका सामाजिक विकास मन्त्रीहरू, मन्त्रालयका सचिव लगायतको सहभागिता थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्