ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घरमै बसेर २० जनाले लिए पान

२०७८ जेठ, २७  
गण्डकी प्रदेश
NA

तनहुँ । आन्तरिक राजस्व कार्यालयबाट निषेधाज्ञाको समय २० जनाले घरमै बसेर पान नम्बर लिएका छन् ।

निषेधाज्ञाका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नम्बर लिएका हुन् । कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोर्टलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नम्बर उपलब्ध हुने कार्यालयले जनाएको छ । बनेको पान नम्बर पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । तत्काललाई नम्बर मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिए कार्यालय खुलेको समय आएर लैजान सकिने व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्