ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विदेशी लगानी नीतिले दिगो आर्थिक विकासमा सघाउ पुग्छ : सिविफिन

२०७८ जेठ, २७  
बजार
Image Not Found

काठमाडौं (अस) । राष्ट्र बैंकमार्फत विदेशी लगानी भित्र्याउने सम्बन्धमा गरिएको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने अपेक्षा बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले गरेको छ । नयाँ नीतिले अहिले भोगिरहेको लगानी अभाव हटाउन मार्ग प्रशस्त गर्ने संस्थाको भनाइ छ ।

केन्द्रीय बैंकले मंगलबारदेखि कार्यान्वयनमा ल्याएकोे ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ बारे सिविफिनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो धारणा व्यक्त गरेको हो ।

सिविफिनका अनुसार यो व्यवस्थाले विभिन्न पूर्वाधारमा लगानी भई आर्थिक क्रियाकलाप बढेसँगै रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक वृद्धि तथा विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने नेपालीको राष्ट्रिय अभियानमा योगदान पुग्नेछ ।

‘हामीले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने धारणा नीतिगत रूपमा व्यवस्था भएकाले नेपालमा विदेशी लगानी ल्याउन सहज हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारी र सन्त्रासका कारण विश्व अर्थतन्त्रमै मन्दी आइरहेकोे बताउँदै परिसंघले कोभिडविरुद्धको खोप लगाउन थालेपछि आर्थिक क्रियाकलापको गति बढाउन ठूलो मात्रामा लगानी आवश्यक पर्ने औंल्याएको छ ।

सरकारले लिएको दीर्घकालीन सोच र चालू १५ औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पूरा गर्न पनि ठूलो परिमाणमा लगानी परिचालनको  आवश्यकता देखिएको उसको ठहर छ ।

परिसंघका अनुसार कोभिड महामारीपछि विश्वका धेरै देशले वैदेशिक लगानी आकर्षित गर्न विभिन्न योजना र राहत कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा  नेपालले पनि लगानीमैत्री नीतिगत व्यवस्था र वातावरण सिर्जना गर्न आवश्यक छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्