ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हस्तकला व्यवसायी संघ काठमाडौंद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख सहयोग

२०७८ जेठ, २७  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

कोभिड– १९ महामारीको समय केन्द्रले कोरोनाका बिरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरी मानवीय सेवामा योगदान दिएकाले उक्त रकम उपलब्ध गराइएको संघकी अध्यक्ष मीरा भट्टराईले बताइन् ।

हस्तकला व्यवसायीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको उनको भनाइ छ ।

राष्ट्रिय आविष्कार केन्द्रले देशभरका अस्पतालमा उपचार गरिरहेका बिरामीको जीवनरक्षाका लागि प्रयोग गरिने उपकरणको निःशुल्क मर्मत, जीवन बचाउने उपकरण तथा त्यस्ता उपकरणको मर्मत, भ्यान्टिलेटर आपूर्ति, अक्सिजन स्थापनामा सेवा प्रदान गरिरहेको छ । आफ्ना सदस्यबाट स्वेच्छाले उपलब्ध गराइएको रकम राष्ट्रिय आविष्कार केन्द्रको खातामा हस्तान्तरण गरिएको भट्टराईले बताइन् । आविष्कार केन्द्र डा. महावीर पुनको नेतृत्वमा सञ्चालनमा भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्