ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दक्षिण पर्वत जोड्ने लमाय–लुंखु सडक कालोपत्र शुरू

२०७८ जेठ, २७  
गण्डकी प्रदेश
Image Not Found

पर्वत । काभिड–१९ को महामारीकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्ड अन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रको काम शुरू भएको छ । उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक कालोपत्रको काम अहिले धमाधम भइरहेको हो । सडक कालोपत्रका लागि निषेधाज्ञा अगाडि नै आवश्यक सामग्रीको व्यवस्था गरिएकाले अहिले सहज रूपमा काम भइरहेको इञ्जिनियर अनुज काफ्लेले जानकारी दिए । आरसीआइपीअन्तर्गत निर्माण भएको सडकमा पर्वतमै पहिलोपटक अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ । तीन इन्च कालोपत्र बिछ्याएर चार दशमलव पाँच मिटर चौडा विस्तार गरिएको काफ्लेले बताए ।

यही जेठ २७ गतेसम्म लमायदेखि चिर्दीसम्म ३ दशमलव ५ किलोमिटर कालोपत्र सकिने र मौसमले साथ दिए असार मसान्तसम्म लमायदेखि कुर्घासम्म करिब ८ किलोमिटर कालोपत्रे गरिसक्ने उनले जानकारी दिए ।

गुणस्तरीय र दिगो सडक कालोपत्रमा जोड दिइएको उनको भनाइ छ । एशियाली विकास बैंक (एडिबी)को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी)का इञ्जिनियर प्रेमहरि पराजुलीले बताए । पर्वतको अर्मादी–बनौ सडक र मुडिकुवा–कुर्घा–लुंखु सडकका लागि ६१ करोड बजेट रहेको छ ।     

दुवै सडकको ठेक्का टुन्ड्री कन्स्ट्रक्सन सानेपा ललितपुरले लिएर काम गरिरहेको छ । उक्त सडकखण्ड २०७५ सालमा सम्झौता भएकोमा आउँदो साउनमा म्याद सकिँदै छ । कोरोनाका कारण काममा अवरोध भएकाले ६ महीना म्याद थपेर उक्त सडक कालोपत्रको काम सकिने पराजुलीले बताए ।

फलेवासको मुडिकुवादेखि लमायसम्म ७ किलोमिटर सडक यसअघि नै कालोपत्र भइसकेको छ । यसैबीच, उक्त सडकखण्ड कालोपत्रको कार्य भइरहेकाले जेठ २७ गतेसम्म वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । लुंखुबाट फलेवास, कुश्माका लागि लिमिठाना हुँदै सवारी सञ्चालन गर्न र मोटरसाइकल भने कुर्घा र फलेवास ढिक जोड्ने पुलबाट तार्न सकिने बताइएको छ । यो सडक कालोपत्र सम्पन्न भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, विहादी र पैंयु गाउँपालिकाका बासिन्दालाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न सहज हुनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्