ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निजीकरणपछि पनि समस्याग्रस्त भक्तपुर इँटा कारखाना

२०७८ जेठ, २७  
१० वर्ष अघि
NA

कम्पनी ऐनअनुसार २०३१ सालमा दर्ता भएर २०३५ सालदेखि नियमित रूपमा इँटा उत्पादन गर्दै आएको भक्तपुर इँटा कारखाना नेपालमा गुणस्तरीय चाइनिज इँटा र टायलको उत्पादनको लक्ष्यसहित स्थापना भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापित यो कारखाना सरकारको स्वामित्वमा सञ्चालित हुँदै आएकोमा ६ वर्षअघि निजीकरण भएको छ । निजीकरणपछि पनि यस कारखानाद्वारा उत्पादित इँटा तथा टायलको गुणस्तरमा कुनै कमी नअएको दाबी वर्तमान व्यवस्थापनको छ । तर, आवश्यकताभन्दा बढी कर्मचारी संख्या रहेकाले अपेक्षित नाफा आर्जन गर्न सकेको छैन ।

कुल २५० रोपनी क्षेत्रफलमा रहेको यो उद्योगमा निजीकरणपश्चात् पनि विभिन्न समस्या देखापरेका छन् । दश वर्षलाई मात्रै सरकारले उद्योग भाडामा दिएको छ । ६ वर्ष बितिसक्यो । अब चार वर्षमात्रै बाँकी रहेको अवस्थामा सरकारले उद्योगलाई अझ समय थप्छ कि थप्दैन भन्ने अन्योल कायम छ । उद्योगलाई अहिले माटोको समस्या पर्न थालेको छ ।

वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्