ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २७ जेठ २०७८)

२०७८ जेठ, २७  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ५ दशमलव ३२ प्रतिशतले घटेको हो । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ४२७ मा झरेको हो  । अघिल्लो कारोबार दिन बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ४५१ मा बन्द भएको थियो ।

बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. ३५ करोड १६ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकले रु. २२ करोड ४४ लाख ७५ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा ५६ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा बैंकको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि
भएको छ ।

गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. ११ दशमलव ४८ रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. १७ दशलमव ९९ पुगेको हो । त्यसैगरी बैंकको वितरणयोग्य नाफा रु. २४ करोड २८ लाख रहेको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बियरिसमा जाने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७८दशमलव ७९ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३१ दशमलव शून्य ६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बुधवारको शेयर मूल्य रु. ४२७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३६४ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्