ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिन्धु विकास बैंक लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २७ जेठ २०७८)

२०७८ जेठ, २७  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार २० रुपैयाँले कमी आएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३७४ मा झरेको हो । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. ३ करोड ५६ लाख ८३ हजार नाफा कमाएको छ ।

बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. १ करोड ९७ लाख १७ हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ८० प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. ४ दशमलव ७२ रहेकामा चालू आवमा वृद्धि भएर रु. ८ दशमलव ५३ पुगेको हो । त्यसैगरी बैंकको वितरणयोग्य नाफामा पनि वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा रु. १ करोड ३८ लाख ९८ हजार रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ४ करोड १५ लाख ५५ हजार पुगेको हो ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छरसहितको लामो कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घटेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६९ दशमलव ९१ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्रीचाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ७१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. ३७४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४६ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्