ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ जेठ, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. १०० ले बढेको सुनको भाउ बिहीवार रू. ३०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ९०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार २०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला रू. १ हजार ३५० मा कारोबार भएको चाँदी बिहीवार रू. ५ ले बढेर रू. १ हजार ३५५ खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्