ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन पहिलो घण्टामा १.४२ अंकले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ जेठ, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १ दशमलव ४२ अंकले बढेर २ हजार ९४७ दशमलव ९९ विन्दुमा पुगेको छ ।

२ हजार ९६८ दशमलव शून्य ९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।

पहिलो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको ३९ हजार ८८३ पटकको कारोबारमा ८० लाख २४ हजार ९२१ कित्ता शेयरको रू. ४ अर्ब ३८ करोड ८८ लाख ४८ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, वित्त, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स तथा पर्यटन, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म एचआईडिसीएलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३२ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५६८ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्