ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पाँचथर पावर कम्पनीसहित ५ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि

२०७८ जेठ, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । बिहीवार बजार खुलेको एक घण्टाको अवधिमा ५ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ । 

सबैभन्दा बढी पाँचथर पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८५ पुगेको छ ।

त्यसैगरी, बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशत र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य ९ दशमलव २२ प्रतिशतले वृद्धि भएको हो । 

यी ५ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । बरुण हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ५९०, सीईडीबी हाइड्रोेपावरको रू.५०२, अरुण भ्याली हाइड्रोपावरको रू. ५२६ र ङादी ग्रुप पावरको शेयरमूल्य रू. ४६२ कायम भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्