ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शुक्रवार ५ ओटा कम्पनीको साधारण सभा हुँदै

२०७८ जेठ, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । शुक्रवार ५ ओटा कम्पनीको साधारण सभा हुँदैछ । हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा गर्न लागेका हुन् । 

हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ । सभाले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १२ गतेसम्मका कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । 

लुम्बिनी जनरल इन्स्योरेन्सले सभा बेलुका ४ बजे गर्ने जानकारी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १३ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् । 

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले सिद्धार्थ भवनमा बिहान ११ बजे सभा शुरु गर्ने भएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको लाभांश जेठ १३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् । 

त्यस्तै, नेपाल फाइनान्सले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा र ललितपुर फाइनान्सले केन्द्रिय कार्यालय लगनखेलमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी गराएका हुन् । यी दुवै कम्पनीको सभाको नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गर्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्