ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.४१% ले घटेको बजारमा ६ ओटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि (१ बजेको अपडेट)

२०७८ जेठ, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव २२ अंकले घटेर २ हजार ९३४ दशमलव ३६ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ४१ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको रू. ७ अर्ब ९० करोड १५ लाख ९४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म एचआईडिसीएलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५८ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५७७ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स तथा पर्यटन, जलविद्युत्, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्