ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

करीब साढे ११ अर्बको कारोबार भएको बजारमा एचआईडिसीएलको सर्वाधिक हिस्सा (२ बजेको अपडेट)

२०७८ जेठ, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ९ दशमलव ७८ अंकले घटेर २ हजार ९३६ दशमलव ८० विन्दुमा पुगेको छ । 

शून्य दशमलव ३३ प्रतिशतले घटेको बजारमा २१६ ओटा कम्पनीको रू. ११ अर्ब ४५ करोड ६२ लाख ७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी नेपाल, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, जलविद्युत्, वित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म एचआईडिसीएलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७२ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५८६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा लुम्बिनी विकास बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ६३९ मा रू. ४० करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्