ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु, ३७४९ जनामा संक्रमण पुष्टि 

२०७८ जेठ, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ५९ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ८७४ जना र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी कुल ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ पुगेको छ । यसैगरी बिहीवार ५ हजार २५३ जना निको भएसँगै हालसम्म ५ लाख १५ हजार ५९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंं जिल्लामा ५४० जना, भक्तपुर जिल्लामा ९९ जना र ललितपुर जिल्लामा १२५ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्