ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चौधरी फाउण्डेसनद्वारा वीर अस्पताललाई १८ शय्याको आईसीयू वार्ड हस्तान्तरण 

कोरोनाका क्रिटिकल बिरामीका लागि बरदान सावित हुने विश्वास 

२०७८ जेठ, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ, २७ काठमाडौं । चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरि बिहीवार अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । 

कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो ।

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमवीच कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रमुख प्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरेका हुन् । 

वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा ९ शय्या र दोस्रो तलामा ९ शय्याको गरि कुल १८ शय्याको आईसीयू वार्ड निर्माण भएको छ । विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आईसीयू वार्ड निर्माण गरिएको जानकारी दिइएको छ  । अस्पतालले यी तलामा हाल कोभिड संक्रमित बिरामीहरूको उपचार शुरू गरेको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरि सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताएका छन् । 

‘कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपुर्ण दायित्व हो । यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्‍यौँ र आईसियू वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उदेश्य पनि यहि नै हो’, अध्यक्ष चौधरीले भने, ‘कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामीले विर्सिनु हुँदैन । त्यसका लागि वीर अस्पताल जस्ता सार्वजनिक अस्पतालहरूको सेवा र पहुँच विस्तार गरिनु आवस्यक हुन्छ ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्रा. डा. देव नारायण शाहले कोभिड महामारीको संवेदनशिल समयमा वीर अस्पतालमा १८ शय्याको आईसियू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउण्डेसनले समाजसेवामा उत्कृष्ट भुमिका निर्वाह गरेको बताए । 

कोरोनाका कारण क्रिटिकल अवस्थामा पुगेका सर्वसाधारण नेपालीको जीवन रक्षामा यो आईसियू वार्ड वरदान सावित हुने विश्वास पनि उनले व्यक्त गरे । ‘पैसा हातमा भएर मात्रै पनि यति छिटो समयमा आईसीयू निर्माण गर्न सम्भव थिएन । तर, चौधरी फाउण्डेसनको सक्षम व्यवस्थापनका कारण मात्रै यो सम्भव भएको हो’, प्रा. डा.शाहले भने ।     

कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा.डा. जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पुर्‍याएको योगदानका लागि धन्यवाद दिदैं यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्