ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

२०७८ जेठ, २८  
गण्डकी प्रदेश
NA

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन् । प्रदेशसभामा बिहीवार उनले विश्वासको मतका लागि निर्णयार्थ प्रस्ताव पेश गरेकोमा पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

गण्डकी प्रदेशसभामा कुल ६० सदस्य रहेकोमा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पथ्र्यो । बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकोमा मतदान प्रक्रियामा ५७ जना सहभागी भएका थिए भने  एकजना तटस्थ रहेका थिए । मनाङ, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ मतदान प्रक्रियामा अनुपस्थित थिए । मुख्यमन्त्री गुरुङलाई एमालेका २७ सांसदले मत दिएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११ (सभामुख बाहेक) तथा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका दुई÷दुई सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे । जनमोर्चाकै प्रदेशसभा सदस्य कृष्ण थापा भने तटस्थ रहेका थिए ।

मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएपछि अब संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । संविधानको सो धारामा विश्वासको मत पाउन सक्ने दाबी पेश गरेका प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।  रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्