ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेत उवासंघद्वारा बिजुली महसुल नतिर्ने चेतावनी

२०७८ जेठ, २८  
कर्णाली प्रदेश
NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघले प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बारम्बार विद्युत् आपूर्ति अनियमित हुँदा सबै क्षेत्र प्रभावित भएकाले दीर्घकालीन समाधान नगरिए विद्युत् महसुल नतिर्ने चेतावनी दिएको छ । संघले विज्ञप्ति प्रकाशित गरी यस्तो चेतावनी दिएको हो ।  

विद्युत् प्राधिकरणको लापरबाहीले  विद्युत् अनियमित भएको संघको ठहर छ । दैनिक विद्युत् आपूर्ति ठप्प भए पनि समस्या समाधानमा कुनै पक्षले चासो नदिँदा कोरोना संक्रमणका बेला अक्सिजन उत्पादन अभाव हुँदा बिरामीको मृत्यु हुन सक्नेतर्फ संघले सचेत गराएको छ ।

विद्युत् आपूर्ति समस्याको दीर्घकालीन समाधान नखोजिए  महसुल नतिर्ने, विद्युत प्राधिकरण घेराउने गर्नेलगायत संघर्षका कार्यक्रम गरिने संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्