ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त

२०७८ जेठ, २८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको ३४५औं सञ्चालक समितिको बैठकले पोखरेललाई आगामी चारवर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

पोखरेल २०७६ जेठ २ जेठ गते सिभिल बैंकको डिसीईओमा नियुक्त भएका थिए । गत वैशाख १८ गते बैंकका सीईओ गोविन्द गुरुङको राजीनामापछि रिक्त रहेको उक्त पदमा पोखरेललाई आउँदो असार १८ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । पोखरेलले नेपालमा एनआईसी, नबिल, स्ट्याण्डर्ड चार्टर्ड बैंकका साथै म्यान्माको एशियन ग्रीन डेभलपमेन्ट बैंकमा समेत गरी ३ दशक लामो समय बैंकिङ क्षेत्रमा बिताइसकेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्