ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यसरी गर्नुस्, कार्नेसन फूलमा लाग्ने रोग किराको व्यवस्थापन

२०७८ जेठ, २८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । कार्नेसन फूलमा लाग्ने प्रमुख रोग तथा किरा फुजारियम विल्ट, बुट रट, डाँठ तथा जरा कुहिने, रस्ट, पातमा देखिने अगुठे धब्बा, बोट्राइटिस र लाही हुन् । यस्ता रोग तथा किराको व्यवस्थापन तथा नियन्त्रण गर्न रोकथाम, नियन्त्रण र उपचारात्मक विधि अपनाउनुपर्दछ ।

कृषि प्राविधिक विश्वमणि पोखरेलका अनुसार हाल नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको अनुभवका आधारमा सल्लाह, सुझाव लिएर प्राप्त जानकारीअनुसार उपचार विधि अपनाउँदा रोग तथा किराको नियन्त्रण प्रभावकारी हुन सक्छ ।

पुजारियम विल्ट :
यो कार्नेसनमा लाग्ने प्रकोपमध्ये संवेदनशील रोग हो । फुरासियम अक्सिपोरम नामक ढुसीले आक्रमण गरी बिरुवालाई नोक्सान पु¥याउने एक माटोजन्य रोग हो । बोटको पिन्चिङ, डिसबडिङ, कटिङका साथै पु्रनिङको ताजा घाउबाट ढुसी प्रवेश गरी विस्तारै कार्नेसनका खैरो, पहेंलो हुँदै शाखा मर्ने र रोग बढ्दै जाँदा पूरै बोट मर्ने हुन्छ । यसको नियन्त्रणका लागि बगैंचाबाट रोगी बिरुवा हटाउनुका साथै ग्रिनहाउसमा चिस्यान ठीक तरिकाले मिलाउने र डेढ ग्राम साइमोक्सिलसँग १ ग्राम प्लान्टोमाइसिनको हिसाबले झोल बनाई जरामा ५० मिलिलिटर पर्ने गरी ड्रेन्च गर्ने र ४ दिन पछाडि साइमोक्सिलिन मात्र ड्रेन्च गर्नुपर्दछ ।

बुटरट :
यो रोग राइजोकोटनिया नामक ढुसीबाट लाग्छ । यदि बिरुवाको पालुवा पहेंलिँदै झर्न थाले यो रोग लागेको थाहा पाउनुपर्दछ । यो रोग लागेमा माटोलाई बढी चिस्यान राख्नुहुँदैन र कार्वेन्डाजिम वा क्लोरो थिनोनिल २ ग्राम प्रतिलिटर पानीको हिसाबले ५० मिलि जरा भिज्ने हाल्नुपर्ने विज्ञहरूको सुझाव छ ।

डाँठ तथा जरा कुहिने :
फाइटोप्थेरा प्यारासिटीका नामक ढुसीका कारण यो रोग लाग्ने गर्दछ । यो रोग लाग्दा पालुवा पहेंलिँदै जाने, पात सुक्ने, डाँठको बाहिरतिर खैरो वा कालो हुँदै बिरुवा मर्ने गर्दछ । यसको रोकथाम तथा नियन्त्रणका लागि पानीको निकास राम्रो राख्ने र सिँचाइ बढी गर्नुहुँदैन । यसका साथै कार्वेन्डाजिम वा थायो फिनेट मिथाइल २ ग्राम प्रतिलिटर पानीको हिसाबले जरा भिज्ने गरी हाल्नुपर्दछ ।

रस्ट :
यो रोग युरोमाइसेज कार्यो फिलिनस नामक ढुसीबाट लाग्ने गर्दछ । यो रोग लागेमा कार्नेसनको पातमा सुरुको अवस्थामा खैरो पाउडरीका छिद्रा वा धब्बा देदिनुका साथै डाँठ वा पूmलको कोपिला र विस्तारै पातको तल्लो भागबाट रोगी पात पहेंलिँदै सुक्न थाल्छन् र फूलका साथै बोटको अवस्था बिगार्छ । यसको नियन्त्रण गर्न रोगी बोट तथा पात हटाउने गर्नुपर्दछ । यदि यसो गर्दा पनि रोग नियन्त्रण हुन नसके मेन्कोजेव वा कपर अक्सिक्लोराइडलाई २ ग्राम प्रतिलिटर पानीको हिसाबले झोल बनाएर स्प्रे गर्न सकिन्छ ।

पातमा देखिने अगुठे धब्बा :
यो रोग लागेमा सेप्टेरिया डेन्थी नामक ढुसीले कार्नेसनको बोटको पातमा, डाँठमा र फूलको बाहिर हरियो पत्रदलमा ५ मिमि आकारको धब्बा लाग्छ । विस्तारै पात तथा बोट सुक्दै कमजोर बनाउँदै लैजान्छ । यसको रोकथाम गर्न उच्च तापक्रम र आद्रता व्यवस्थापन गर्ने काम गर्नुपर्दछ । त्यसैगरी मेन्कोजेव २ ग्राम प्रतिलिटर पानी र सल्फर १ दशमलव ५ ग्राम प्रतिलिटर पानी वा कार्वियो टप ३ ग्राम प्रतिलिटर पानी वा डाइमेथामर्फ १ ग्राम प्रतिलिटर पानीका हिसाबले स्प्रे गर्दा पनि रोग नियन्त्रणमा ल्याउन सहयोग गर्दछ ।

लाही :
लाही किराले कार्नेसन बिरुवाका कमला पातमा बसी रस चुसेर खान्छ र वृत्ति विकासलाई अनियन्त्रित गर्छ । चिसो र आद्रतायुक्त मौसममा यो किराको प्रकोप बढी हुन्छ । यो किराले भाइरसजन्य रोग सार्नसमेत भूमिका खेल्छ । यसको रोकथामका लागि क्लोरोपाइरिफस, साइपर्मेथिन २ मिलि प्रतिलिटर पानीमा वा इमिडाक्रोपिड ०५ मिलि प्रतिलिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ । यस्तो क्रम ४ दिनमा एकपटक पुनः दोहोर्‍याउनुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्