ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

२०७८ जेठ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जेठ २६ गते जम्मा गरिदिएको छ । 

कम्पनीले गत फागुन २५ गते सम्पन्न १८औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर जेठ २५ गते सूचीकरण भइसकेकोले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनकारी दिएको छ ।

कम्पनीले साधारण सभाको प्रयोजनका लागि बुक क्लोजको समयमा शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र भौतिक शेयर धारण गरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपश्चात सम्बन्धित शेयरधनीको हितग्राही खातामा उक्त शेयर जम्मा गर्ने समेत जानकारी दिएको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्