ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एचआईडिसीएलको शेयरमूल्य समायोजन

२०७८ जेठ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य रू. ३४३ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५८६ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात उक्त पूँजी रू. २७ अर्ब ५० करोड पुग्नेछ । 

कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्