ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फेसबुकले सबै कर्मचारीमा विस्तार गर्‍यो रिमोट वर्क 

२०७८ जेठ, २८  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ २८, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकले सबै कर्मचारीहरुमा रिमोट वर्क विस्तार गरेको छ ।

कोरोना भाइरसको महामारी सकिएपछि पनि कम्पनीले सबै कर्मचारीहरुलाई कार्यालयमा नआइकन काम गर्न अनुमति दिएको हो । कार्यालय बाहिर बाटै काम गर्न सक्ने सबैलाई कम्पनीले रिमोट वर्क गर्न भनेको छ । 

एप्पल र गूगललगायत अन्य प्रविधि कम्पनीहरुले हालै रिमोर्ट वर्क नीति फिर्ता लिँदै कर्मचारीहरुलाई आगामी केही महीनाभित्रै कार्यालयमा बोलाउने घोषणा गरेका थिए । तर फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिसम्म कर्मचारीहरुलाई रिमोट वर्क गर्न दिने आफ्नो योजना रहेको बताएका छन् । 

उनले यसअघि नै एक दशकभित्र कम्पनीका ६० हजार कर्मचारी मध्ये आधाले घरबाटै काम गर्न सक्ने बताएका थिए । फेसबुकको कार्यालयहरु अक्टोबरमा पूर्ण क्षमतामा खुल्ने अपेक्षा गरिएको छ । 

तर रिमोट वर्कको अनुमति नपाएका कर्मचारी भने कम्तिमा आधा समय कार्यालयमा आउनु पर्नेछ । कम्पनीले अहिले करीब ९० प्रतिशतको रिमोट वर्कको अनुमतिलाई मञ्जुरी दिएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्