ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा *

२०७८ जेठ, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा विक्री खुला भएको छ ।
 

कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।  उक्त लिलामी शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको हो । 

कम्पनीले सबैभन्दा पहिला विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिई बोलकबोलमार्फत शेयर विक्री गर्ने गर्नेछ ।

कम्पनीले यसबाट पनि शेयर बाँकी रहेमा अन्य व्यक्ति,कम्पनी,संघ,संस्थाहरु बीच बढी कबोल गर्नेलाई विक्री गर्ने छ । बोलपत्र असार ११ गते सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा बिहान ११ः३० मा खोलिने छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
*कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्